मुख्य समाचार

काठमाडौं–६ मा नेपाली काँग्रेस र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा, को मार्ला बाजी ?

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा काठमाडौं–६ को प्रतिस्पर्धा निकै रोचक बन्न पुगेको छ । स्वतन्त्र उम्मेदवारहरुले समेत निकै प्रभावकारी प्रचार शैली अपनाइरहेको काठमाडौं–६ मा मुख्य प्रतिस्पर्धा भने नेकपा एमाले र नेपाली बीच हुने देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदाश प्रधान र नेपाल एमालेका उम्मेदवार पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बीचमा देखिएको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रधान नै यो क्षेत्रबाट १६ हजार सात सय ८५ मत विजयी भएका थिए । नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी १५ हजार चार सय ८५ मत पाएका थिए ।

२०५१ सालको निर्वाचनमा यो क्षेत्रमा एमालेकी साहाना प्रधानले कांग्रेसका दामोदर गौतमलाई पराजित गरेकि थिईन २०५६ सालमा एमालेकि अष्टलक्ष्मी शाक्यले कांग्रेस उम्मेदवार मार्शल जुलुम शाक्यलाई पराजित गरेकि थिईन् । यसरी हेर्दा यो क्षेत्रको मत चलायमान देखिन्छ । यहाँका मतदाताले उम्मेदवार अनुकुल मतदान गरेको देखिन्छ । जसले यसपालीको निर्वाचनमा पनि उतारचडाव हुने देखिन्छ ।

काठमाडौं ६ मा खनाल र प्रधानसँगै राष्ट्रिय स्वतन्त्रका शिशिर, जसपाका मनोज आचार्य, राप्रपाका बिष्णु आचार्य, नेमकिपाका सनकमान महर्जन, मौलिक जराकिलोका कमल न्यौपाने, हाम्रो नेपाली पार्टीका मुकुन्द सिलवाल, राप्रपा नेपालका महेश्वर कार्की, राष्ट्रिय जनमुक्तिका तारा रसाईली, बिवेकशील साझाका अजित खडका, एकीकृत शक्तिका काजी शेर्पा, नेपाल आमा पार्टीका राजेन्द्र खनाल उम्मेदवार छन् ।
यसैगरी बिष्णुप्रसाद ढकाल, दिपु उप्रेती, जनकराज थपलिया, संजयमान श्रेष्ठ, प्रेमसागर कर्माचार्य, निर्देश सिलवाल, सानुकान्छा महर्जन, बलबहादुर केसी, किरण इङनाम, खगेन्द्र ढकाल र राजेश श्रेष्ठ (मास्के) स्वतन्त्र उम्मेदवार रहेका छन् ।