स्पोर्ट-मनोरञ्जन

टी–२० विश्व कप: जिम्बावेलाई हराउँदै भारत सेमिफाइनलमा, इंग्ल्यान्डसँग र न्युजिल्यान्डस पाकिस्तान बीच हुने

काठमाडौं । आइसिसी टी–२० विश्व कप क्रिकेटमा भारतले जिम्बावेलाई ७१ रनले हराएको छ । आइतबार मेलबर्नमा भएको खेलमा भारतले जिम्बावेलाई ७१ रनले हराउँदै समूह–२ को विजेता बनेको छ । भारतले दिएको एक सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर २ बलमा अलआउट हुँदै एक सय १५ रन मात्रै बनाउन सक्यो । यसका लागि रायल बर्लले ३५ र सिकन्दर राजाले ३४ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन अश्विनले तीन तथा मोहम्मद सामी र हार्दिक पाण्डेयले दुई, दुई विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८६ रन बनायो । उसका लागि सूर्यकुमार यादवले नटआउट ६१ र केएल राहुलले ५१ रन बनाएका थिए । बलिङतर्फ जिम्बावे सेन विलियम्सले दुई विकेट लिए । अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ । आज भएको अर्को खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै यही समूहबाट पाकिस्तान उपविजेता बनेको छ । पाकिस्तान सेमिफाइलनमा न्युजिल्यान्डसँग खेल्नेछ ।