मुख्य समाचार

६ दिने भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान गरेकी छिन् । छ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी सोमवार बेलुकी आइसल्यान्ड प्रस्थान गरेकी हुन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल) को कार्यक्रममा सहभागी हुन उनि त्यसतर्फ प्रस्थान गरेकी हुन् । १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड भ्रमणमा निस्केकी छन् ।

राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुगेका थिए । राष्ट्रपति आइसल्यान्ड प्रस्थान गर्नुअघि उनिलाई सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले ुवुमन पोलिटिकल ट्रेलब्लेजर अवार्डु समेत ग्रहण गर्ने बताइएको छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।