मनोरञ्जन

द कर्स अफ अटुकः नामक संसारको एक मात्र श्रापित चलचित्र स्क्रिप्ट

एउटा यस्तो फिल्मको स्क्रिप्ट जसमा फिल्म कहिल्यै बन्न सकेन । कारण थियो स्क्रिप्ट पढेको कही दिन मै जो कोही मृत्यृ हुने । हामीले बलिउड र हलिउडका धेरै डरलाग्दा चलचित्रहरू हेरेका छौ र हेर्न मन पनि पराउछौ । हमीलाई त्यस्ता चलचित्र उनको प्रस्तुति हेरेर वा यसरी बनाइएका हुन्छन् कि दृश्य वास्तविकता जस्तै देखिन्छन् । फिल्मको रहस्य र डरलाग्दो पक्षले मानिसहरूलाई धेरै डराउँछ । तर एउटा यस्तो कथा पनि लेखिएको थियो जसले अनेकौं प्रयासका बावजुद फिल्मको रुप लिन सकेन । यस्तो श्रापित कथा यति डरलाग्दो छ कि सुन्नेबित्तिकै अभिनेताको मृत्यु हुन्थ्यो । जसका कारण फिल्म पूरा हुन सकेन ।

द कर्स अफ अटुकको कथा  यो फिल्मको कथा क्यानडाको लोक गीतबाट सुरु हुन्छ । यस लोकगीतको कथा अनुसार एउटी सुन्दर युवती अलास्का पहाड घुम्न आउँछिन् । त्यहाँ एक केटाले उनलाई देख्छ र उनीसँग प्रेम गर्छ । जब त्यो केटी त्यहाँबाट जान थाल्छ केटा त्यो केटीको कारमा लुकेर न्यूयोर्क शहर पुग्छ । बिस्तारै आफ्नो मिहिनेतको बलमा ऊ ठूलो मान्छे बन्छ । ऊ त्यो सहरका ठूला मान्छेहरूमा गनिन थाल्छ । उनीसँग धेरै पैसा हुन्छ तर केटीको प्रेममा उनी यति पागल छन् कि उसले सबै गुमाउँछ र मर्छ । न्यूयोर्क पोस्टका अनुसार यो लोकगीतमा सन् १९६३ मा एउटा उपन्यास पनि लेखिएको थियो जसको नाम द इन्कम्परेबल अटुक थियो । यो ःयचमभअबष् च्ष्अजभिच द्वारा लेखिएको थियो । १९७७ मा, क्यानेडियन फिल्म निर्देशक नार्मन जैविसन ९ल्यचmबल व्भधष्कयल० ले तत्कालीन प्रसिद्ध पटकथा लेखक त्यमम ऋबचचयिि लाई यसमा फिल्मको स्क्रिप्ट तयार गर्न भने ।

पहिलो मृत्युः स्क्रिप्ट लेख्न पूरा २ वर्ष लाग्यो भनिन्छ । फिल्मको स्क्रिप्ट सन् १९७९ मा फाइनल भएको थियो । यसपछि कमेडियन अभिनेता जोन बेलुशीलाई (John Belushi) पहिले फिल्मको नायकका लागि फाईनल गरिएको थियो । उनलाई पढ्नको लागि स्क्रिप्ट दिइयो । स्क्रिप्ट पढेको केही दिनपछि एक होटलमा ड्रग ओभरडोजका कारण ज्यान बेलुशीको मृत्यु भयो । उनको रहस्यमय मृत्युले धेरै प्रश्नहरू खडा गर्यो तर कुनै जवाफ पाउन सकिएन ।

दोस्रो मृत्युः अभिनेता साम किनिसनलाई (Sam knson)अब फिल्ममा नायकको रूपमा अभिनय गर्न अप्रोच गरियो । सन् १९८९ मा उनलाई यो स्क्रिप्ट पढ्नको लागि दिइएको थियो । स्क्रिप्ट पढेको केही दिनपछि सामको कार दुर्घटनामा मृत्यु भयो । त्यतिबेला सामसँगै कारमा रहेका उनका साथीहरुका अनुसार मर्नुअघि सामले एउटै कुरा भन्थ्ये म मर्न चाहन्न– म मर्न चाहन्न । जस्तो कि ऊ कुनै अदृश्य शक्तिसँग कुरा गरिरहेको थियो । त्यसपछि अन्तिम सास फेर्नुअघि उसले ‘ओके ओके ओके’ भनेका थिए भनेका थिए ।

तेस्रो मृत्युः दुई कलाकारको मृत्युपछि मानिसहरूलाई यो कथा श्राप भएको महसुस हुन थालेको थियो भने कतिपयले यसलाई वहम पनि भनेका थिए । यसपछि यस फिल्ममा अटुकको भूमिकाका लागि जोन क्यान्डीको (John Candy) नाम फाइनल गरिएको थियो । सन् १९९३ मा उनलाई स्क्रिप्ट देखाइएको थियो । स्क्रिप्ट पढेपछि जानले नायकको भूमिकाका लागि हुन्छ भनेका थिए । हो भनेको केही दिनपछि जानको पनि होटलको कोठामा शंकास्पद अवस्थामा मृत्यु भयो ।

चौथो मृत्युः यो फिल्मको स्क्रिप्ट जोन क्यान्डीलाई (John Candy) माइकल ओडोनोघ्यु (Michael ODonoghue) नामक व्यक्तिले दिएको थियो भनिन्छ । यी व्यक्तिले अर्को अभिनेतालाई स्क्रिप्ट दिएका थिए । माइकल ओडोनोगीले स्क्रिप्ट दिंदा पटक पटक पटकथा पढेका थिए । जाना क्यान्डीको मृत्यु भएको केही दिनपछि ओडोनोगीको पनि असामयिक मृत्यु भएको बताइएको छ । अब मानिसहरूले स्वीकार गरे कि यो एक श्रापित कथा हो ।

पाँचौं मृत्युः निरन्तर मृत्युपछि निर्देशकले पटकथामा केही परिवर्तन गरे । यस पछि स्क्रिप्ट अभिनेता क्रिस फार्लेलाई (Chris Farley) पढ्नको लागि दिइएको थियो । उनले पटकथा मन परेपछि विगतका घटनालाई बेवास्ता गर्दै फिल्ममा काम गर्न राजी भएका थिए । उनले काम गर्न राजी भएको केही दिन पछि उनको मृत्यु भयो ।

छैटौं मृत्युः अब स्क्रिप्ट जोन हार्टम्यानलाई (Phil Hartman)पढ्नको लागि दिइयो । उनले पनि स्क्रिप्ट पढेपछि काम गर्न हो भने तर केही दिनपछि उनका पनि शङ्कास्पद अवस्थामा मृत्यु भयो । यी दुईको मृत्युपछि यो फिल्मको प्रोजेक्ट सदाका लागि बन्द भयो । साथै, यसको मूल लिपि कुनै गोप्य ठाउँमा लुकाइयो ताकि अरू कोही यो अभिशाप लिपिको शिकार नहोस् ।