मनोरञ्जन

पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्यो

मेलबर्न । क्रिकेट इतिहासमा इंग्ल्याण्ड पहिलो पटक दोहोरो विश्व च्याम्पियन बनेको छ । मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्याण्डले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको हो । हाल एकदिवसीय विश्वकपको उपाधि पनि इङ्ल्यान्डसँग छ । पहिलो पटक कुनै टोलीले एकैपटक एकदिवसीय र टी–२० दुवैको विश्व उपाधि जितेको हो ।
फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सकेको थियो । जवाफमा इंग्ल्यान्डले १९ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ५२ रन बनाए । पाकिस्तानका हरिस रउफले २ विकेट लिए ।

विश्वकप विजेता इंग्ल्याण्डले ट्रफीसँगै १३ करोड रुपैयाँको पुरस्कार पनि पाएको छ । उपविजेता पाकिस्तानले करिब ६ करोड ४४ लाख रुपैयाँ प्राप्त गरेको छ । आईसीसीले यो वर्ष विश्वकप सुरु हुनुअघि नै पुरस्कार राशि घोषणा गरेको थियो । यसमा विजेता टोलीदेखि छनोट चरणबाट बाहिरिने टोलीसम्म सबैलाई पुरस्कारको व्यवस्था गरिएको छ । सबैको जम्मा आइसीसीले प्रतियोगितामा कुल ४५ करोड ६८ लाख रुपैयाँ पुरस्कार राशि दिएको छ ।

सेमिफाइनलमा पुग्दा सुपर–१२ बाट बाहिरिँदा र छनोट चरणमा विजयी भई बाहिरिँदा पुरस्कार राशि पनि थियो । विश्वकपमा भारतीय टिमले ४ करोड २५ लाख भारु पाएको छ । टीम इन्डिया सेमिफाइनलमा पराजित भएको थियो । सेमिफाइनललागि टीम इन्डियाले ३.२२ करोड रुपैयाँ पाएका छन् । यसबाहेक टीम इन्डिया सुपर १२ मा ५ मध्ये ४ खेल जितेकोमा पनि पुरस्कार राशि दिइएको छ । कुल मिलाएर यो रकम करिब ४ करोड २५ लाख रुपैयाँ छ ।

भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले यो टी–२० विश्वकपमा सबैभन्दा धेरै रन बनाएका छन् । उनले ६ खेलमा २९६ रन बनाएका छन् । बलिङको कुरा गर्ने हो भने प्रतियोगितामा श्रीलंकाका वानेन्दु हसरंगाले सबैभन्दा बढी विकेट लिएका थिए । उनले कुल ८ खेलमा १५ विकेट लिएका छन् । इंग्ल्याण्डका युवा अलराउन्डर साम करण टूर्नामेंटको प्लेयर अफ द टुर्नामेन्ट चुनिए । उनले विश्वकपमा ६ खेल खेल्दै १३ विकेट लिएका थिए । उनले फाइनलमा ३ विकेट लिए र खेलको उत्कृष्ट खेलाडी समेत घोषित भएका छन् ।