काठमाडौं । प्रदेश १ को मुख्य जिल्ला मोरङ २ मा चुनावी प्रतिनिधिसभाका लागि वाम–लोकतान्त्रिक गठबन्धनबाट स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाकी पुत्री कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला र एमालेका मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल बीच प्रतिस्पर्धा हुने देखिएको छ । मोरङ २ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले तत्काल पटक–पटक चुनाव जितेको क्षेत्र हो । एक हिसाबमा भन्ने हो भने मोरङ २ कांग्रेसको गढ नै हो । यो क्षेत्रबाट आजसम्म कांग्रेसका उम्मेदवारले हार बेर्होनुपरेको छैन । त्यसैले सुजाता कोइरालाले आफ्नै बुबाको क्षेत्र मोरङ २ रोजेकी हुन् ।
मोरङ २ मा ३ जना स्वतन्त्रसहित जम्मा १३ उम्मेदवारले प्रतिनिधिसभामा चुनावी प्रतिस्पर्धा गर्दै छन् । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको गढ भएकोले सुजाता आफु विजय हुनेमा ढुक्क छिन भने एमाले उम्मेदवार पोखरेलले आफू सशक्त र स्थानीयवासी भएको र जनताका समस्या समाधान गर्न सधैँ जुटिरहेकोले यसपालि आफूलाई स्थानीयहरूले सहजै विजयी गराउने दाबी गरेका छन् ।
Add Comment