समाचार

आज मध्य राती देखि उपत्यकाका तीनै जिल्लामा मदिरा बिक्रिमा रोक साथै सबै नाकाहरु बन्द हुने

काठमाडौं निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर गते बिहीबार मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएको बिहीबार राति १२ बजेदेखि मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग समेत समन्वय गरेको
चुनावको वेला नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए निर्वाचनको ७२ घन्टाअघि नाका बन्द हुने, तर अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न पाइनेछ

त्यस्तै, निर्वाचनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मतदानको दिन मंसिर भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय भएको हो मतदानको दिन कर्मचारी अबेरसम्म खटिनुपर्ने भोलिपल्टै कार्यालय गएर काम गर्न कठिन हुने भएकाले गते पनि बिदा दिने निर्णय गरिएको उनले बताए

त्यस्तै उपत्यकाका तीन जिल्लाहरुमा मंसिर बिहीबार मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको आइतबार निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाउने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गरेका छन् निर्वाचन सुरक्षालाई लक्षित गरी यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए साथै काठमाडौं, ललितपुर भक्तपुरका सिडिओबीचको संयुक्त बैठकले निर्वाचनको दिन बिहान बजेदेखि साँझ बजेसम्म सवारीसाधन चलाउन रोक लगाउने निर्णय पनि गरेको