मनोरञ्जन

चर्चित अभिनेत्री तबस्सुमको ७८ वर्षको उमेरमा निधन

नयाँ दिल्ली । वरिष्ठ अभिनेत्री तबस्सुमको ७८ वर्षको उमेरमा निधन भएको छ । शनिबार नोभेम्बर १९ मा उनका छोराले मिडियामा उनको मृत्युको बारेमा जानकारी दिए । उनले भने ‘हिजो अर्थात नोभेम्बर १८ गते राति करिब ८ः४० बजे उनको हृदयघातका कारण अस्पतालमा निधन भएको हो । यसअघि उनी पूर्णरुपमा स्वस्थ थिइन् । हामीले हाम्रो शोको लागि ज्ञण् दिन अघि छायाँकन गरेका थियौं र अर्को हप्ता फेरि शूट गर्न लागेका थियौं । तर यो सबै अचानक भयो ।

तबस्सुमले सन् १९४७ मा बाल कलाकारको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले १९७२ देखि १९९३ सम्म लोकप्रिय दूरदर्शन सेलिब्रेटी टक शो फूल खिले हैं गुलशन–गुलशन होस्ट गरेकि थिइन् । तबस्सुमले नर्गिस (१९४७) बाट आफ्नो फिल्म डेब्यु गरेकी थिइन् । जसमा उनले बाल कलाकारको रूपमा अभिनय गरेकी थिइन् । त्यसपछि मेरा सुहाग (१९४७), मंझधर (१९४७) र बारी बहन (१९४९) मा काम गरेकि थिइन् । जबकी तबस्सुमको अन्तिम फिल्म स्वर्ग (१९९०) थियो ।

तबस्सुमको जन्म ९ जुलाई १९४४ मा अयोध्यामा भएको थियो । निधन मुम्बईमा भएको हो । उनका बुबा अयोध्यानाथ सचदेव र आमा असगरी बेगम स्वतन्त्रता सेनानी थिए । उनी तीन वर्षको उमेरमा पहिलो पटक पर्दामा देखा परेकी थिइन् । चलचित्र ‘दीदार’ मा नरगिसको बाल्यकालको भूमिका निर्वाह गर्दै तबस्सुमले दर्शकको मन जितिन् ।

तबस्सुमको विवाह रामायणमा रामको भूमिका निभाएका अरुण गोभिलका भाइ विजय गोभिलसँग भएको थियो । दुवैका एक छोरा होसाङ छन् । होशाङ एक अभिनेता हुन् । तबस्सुमले निर्माण र निर्देशन गरेको तुम पर हम कुर्बानमा उनले मुख्य अभिनेताको रूपमा काम गरेका थिए ।

छोरा होसाङ गोभिलका अनुसार तबस्सुमको गए राति ८ः४० बजे हृदयघातका कारण निधन भएको हो । उनी बिल्कुल ठीक थिइन् । हामीले दस दिनअघि पनि सुटिङ गरेका थियौं । हामीले अर्को हप्ता पनि सुटिङ गर्ने तयारी गरेका थियौं । यो सबै अचानक भयो । उनलाई ग्यास्ट्रिकको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई डिस्चार्ज पनि गरिएको थियो तर शुक्रबार उनको स्वास्थ्य बिग्रियो । उनलाई दुई मिनेटमै दुई दुईवटा हृदयघात भयो । अन्तिम संस्कारपछि मात्रै यो खबर जनतालाई दिनुपर्छ भन्ने उनको चाहना थियो त्यसैले शनिबार यो जानकारी दिइएको हो ।