मनोरञ्जन

फिफा विश्वकप–२०२२: फुटबलको महाकुम्भ सुरु, प्रतियोगितामा ३२ टोलीको सहभागिता

कतार । फिफा विश्वकप २०२२ कतारको अल–बैत स्टेडियममा रंगारंग कार्यक्रमबाट सुरु भएको छ । उद्घाटन समारोहमा कतारको मरुभूमि पहिलो पटक देखाइएको थियो । कार्यक्रममा हलिउड अभिनेता मोर्गन फ्रिम्यान पनि उपस्थित थिए । उनले कतार फुटबलसँग सम्बन्धित एउटा कथा सुनाए । सोही क्रममा मानिसहरु बीटीएस ब्याण्डको धुनमा नाचिरहेको देखियो ।

उद्घाटन समारोहमा कतारको परम्परागत तरवार नृत्य अल अर्धा आकर्षणको केन्द्रबिन्दु बनेको थियो । यो नृत्यको क्रममा प्लिज डोन्ट टेक मी होम र ब्याकग्राउन्डमा ओले–ओले–ओले संगीत बजिरहेको थियो । के–पप ब्वाई ब्यान्ड बीटीएसको जुंगकुकले कतारी गायक फहाद अल–कुबैसीसँग उत्कृष्ट प्रस्तुति दिए ।

कतारमा हुने फिफा विश्वकप २०२२ मा दर्शकको हिसाबले विश्वकै सबैभन्दा ठूलो प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाइरहेका छन् । पुरस्कार राशिको हिसाबले यो विश्वको तेस्रो ठूलो प्रतियोगिता हो । यसभन्दा बढी यूईएफए च्याम्पियन्स लिग फुटबलले १०.६ हजार करोड रुपैयाँ र फर्मुला–१ मोटर स्पोर्ट्सले ६.५ हजार करोड रुपैयाँ पुरस्कार राशि प्राप्त गर्छ । खेलकुद वेबसाइट ओप्टा एनालिस्टले यो मेगा प्रतियोगिताका लागि सर्वेक्षण गरेको छ । यसमा वेबसाइटले सुपर कम्प्युटरको सहयोगमा फिफा विश्वकपमा सहभागी टोलीको विश्लेषण गरेको छ । यसबारे प्राप्त तथ्यांक अनुसार ६ टोलीलाई विश्वकपको उपाधिको दावेदारका रुपमा हेरिएको छ ।

फिफाले आइतवार कतारमा २०२२ को विश्वकपसम्मको चार वर्षको व्यावसायिक सम्झौताबाट रेकर्ड ७.५ बिलियन डलर राजस्व कमाएको बताएको छ । फिफाले आफ्ना २०० भन्दा बढी सदस्य राष्ट्रका अधिकारीहरूलाई आम्दानी खुलासा गरेको छ । यो रुसमा २०१८ विश्वकपसँग सम्बन्धित चार वर्षको चक्रमा कमाएको राजस्वभन्दा एक अर्ब डलर बढी हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो अतिरिक्त आम्दानी विश्वकपको आयोजक राष्ट्रसँग भएको व्यापारिक सम्झौताबाट आएको हो । कतार इनर्जी शीर्ष–स्तरीय प्रायोजकको रूपमा बोर्डमा छ र तेस्रो–स्तरीय प्रायोजकहरूमा कतारी बैंक क्यूएनबी र टेलिकम कम्पनी ओरेडू समावेश छन् । वित्तीय कम्पनी क्रिप्टो डट कम पनि यस वर्ष फिफामा दोस्रो तहको प्रायोजकको रूपमा सामेल भएको छ ।