काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएलगत्तै प्रधानमन्त्रीका लागि तयारी थाल्ने उदघोष गरेका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका थापाले यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गरेका छन् । त्यस्तै क्षेत्र नं २ बाट विजय भएका काँग्रेसका नेता प्रकासमान सिंह पनि अबको प्रधानमन्त्रीका लागि आफुलाई तयार गरिरहेका छन् ।
प्रकाशमान सिंह झिनो मतले प्रतिद्वन्द्वी राप्रपाका रविन्द्र मिश्रलाई पराजित गर्न सफल भएका छन् भने थापाले २१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका छन् । थापा उक्त क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा पनि विजयी भएका थिए । ७ हजार ४४७ मत अन्तरले थापा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईले १३८५५ मत प्राप्त गर्दै पराजित भएका छुन् ।
Add Comment