समाचार

जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै सिके राउत विजयी

सप्तरी । सप्तरी २ बाट दोब्बरभन्दा बढी मतान्तरले डा. सिके राउत विजयी भएका छन् । राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गरे । राउतले ३५ हजार ४२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र यादवले १६ हजार ९७८ मत पाए ।