समाचार

दोलखाका १० वटा बुथमा मंसिर १५ भित्र पुनः निर्वाचन हुने: आयुक्त

काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा बुथ कब्जा भएको ठहरसहित पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । सत्तारु गठबन्धनले मंसिर ४ गते भएको निर्वाचनमा बुथ कब्जा गरेको थियो । प्रदेशसभा क का उम्मेदवार कुन्दन काफ्ले आफैले बुथ कब्जाको नेतृत्व लिएका थिए ।

आयोगले मंसिर १५ गतेभित्र निर्वाचन गर्ने निर्णयसमेत गरेको छ । बैत्यश्वरको वडा नं. ६ नाम्दु (क,ख,ग), वैत्यश्वरको ३ मिर्गे कालिढुङ्गा (क,ख,ग), बैत्यश्वर २ पुतलिकाठ को जनज्योति( क,ख) । तामाकोसी३ जफे हेल्थपोस्ट (क,ख) मा पुनः मतदान केन्द्रहरू छन् ।