मनोरञ्जन

भारतकी सरगम कौशललाई मिसेस वर्ल्ड उपाधि

नया दिल्ली । मिसेस वर्ल्डको उपाधि सरगम कौशलले जितेकी छिन् । यस प्रतियोगितामा विश्वका ६३ देशका महिलाले सहभागिता जनाएका थिए जसमध्ये सरगम कौशलले जितिन् । भारतले २१ वर्षपछि मिसेस वर्ल्डको ताज फिर्ता गरेको छ । सरगम कौशलभन्दा २१ वर्षअघि सन् २००१ मा डा अदिती गोवित्रीकरले यो उपाधि जितेकी थिइन् । मिसेस इन्डिया प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम ह्यान्डलले यसको घोषणा गरेको हो ।

मुकुटको क्षणको एक झलक बाँड्दै लेखिएको छ, लामो प्रतिक्षाको घडी सकियो । यो मुकुट २१ वर्षपछि हामीकहाँ फर्किएको छ । सरगम कौशल जम्मू कश्मीरकी हुन्, जसले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छिन्। सरगमले विशाखापट्टनममा शिक्षिकाको रूपमा काम गरेकी छिन् । सरगमका श्रीमान् भारतीय नौसेनामा छन् ।