समाचार

नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक नियुक्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक नियुक्त भएका छन् । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद रमेश लेखकलाई मुख्य सचेतक नियुक्त गरेका हुन्। कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले सभापति देउवाले मुख्य सचेतकमा लेखकलाई नियुक्त गरेको जानकारी दिएका छन् ।

लेखकलाई नेपाली कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १३ को उपधारा ९१० बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो । गत मंसिरमा भएको चुनावमा लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए। नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १३ को उपधारा ९१० बमोजिम प्रतिनिधिसभा सदस्य माननीय रमेश लेखकज्यूलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।