मनोरञ्जन

श्रीलंकालाई २ रनले पराजित गर्दै टिम इन्डियाले वर्षको पहिलो टी–२० जित्यो

मुम्बई । मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको टीम इन्डियाले १६२ रन बनाएको थियो । त्यसपछि पाहुना टोली १६० रनमा अल आउट भयो । श्रीलंकाका लागि कप्तान दासुन शनाकाले सर्वाधिक ४५ रनको योगदान दिए । ओपनर कुसल मेन्डिसले २८ रन जोडे ।
डेब्यु खेल खेल्दै शिवम मावीले ४ विकेट लिए । उम्रान मलिक र हर्षल पटेलले २/२ सफलता हात पारे । यसअघि भारतका लागि दिपक हुडाले ४१ रन र अक्षर पटेलले ३१ रनको साझेदारी गर्दै छैटौं विकेटका लागि अविजित रनको साझेदारी गरेका थिए । दुवैले ३५ बलको सामना गरेका थिए । यी दुई बाहेक ओपनर इशान किशन (३७ रन) र कप्तान हार्दिक पाण्डेय (२९ रन)ले पनि उपयोगी पारी खेले । शुभमन गिल ७, सूर्यकुमार यादव ७ र सञ्जु सैमसन ५ फ्लप भए । श्रीलंकाका महेश टिक्षाना, चमिका करुणारत्ने, धनन्जया डी सिल्भा, भानिन्दु हसरंगा र दिलशान मदुशंकाले एक एक विकेट लिए ।