समाचार

प्रधानमन्त्रीद्वारा सेवा प्रवाहमा केन्द्रित रहेर सचिवहरूलाई सुधारको ३०बुँदे निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएका निर्देशन लागू गर्ने सम्बन्धमा सचिवहरूसँग कार्यान्वयनको खाका मागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार पनि सचिवहरूसँग बैठक राखेर प्रधानमन्त्रीले निर्देशनको कार्यान्वयनको खाका मागेका हुन् । मंगलबार प्रधानमन्त्री दाहलले सचिवहरूलाई सेवा प्रवाहमा केन्द्रित रहेर सचिवहरूलाई सुधारको ३०बुँदे निर्देशन दिएका थिए ।

नागरिकका आवश्यकताका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माण र आयोजना व्यवस्थापनका विषयमा केन्द्रित भएर प्रधानमन्त्रीले निर्देशन दिएका थिए । एक महिनाभित्रै नागरिकले महसुस गर्ने गरी सुधार गर्न प्रधानमन्त्रीले निर्देशन दिएको छ ।