विविध

आधारभूत आवश्यकतादेखि दिगो विकास सम्मका विषयमा हरेक नागरिकका कुरा सुनेर काम गछौँ — वडाध्यक्ष के. सी.

Ramkumar KC

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा १० ले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । संघ तथा प्रदेश सभाका सांसद, छिमेकी वडाका जनप्रतिनिधि, विभागका पदाधिकारीलाई उपस्थित गराएर कार्यक्रम सञ्चालन गरिएको थियो । सुनुवाईमा सामान्य जीवनयापनका लागि आवश्यक आधारभूत आवश्यकता देखि सहरी समृद्धिका लागि दीर्घकालीन कार्यक्रम निर्माणसम्मका विषयमा गुनासा तथा सुझाव प्राप्त भएका छन् ।

कार्यक्रममा बोल्दै संघीय संसद सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले, स्थानीय सरकारमार्पmत जनताका गुनासा सुनुवाई गर्ने प्रणालीलाई संस्थागत गर्ने आफ्नो जिम्मेवारीलाई पूरा गर्ने बताए । प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकार विच आत्मीय समन्वय हुनुपर्ने, चुनावी दौरानमा राजनीतिक प्रतिस्पर्धा भए पनि विकासमा मिलेर अघि बढ्नु पर्ने बताए ।

संघ र प्रदेशले प्रदेश १ को सामुदायिक शिक्षाको विकासका लागि २२ करोड रुपैयाँभन्दा धेरै लगानी गरिसकेको छ । विद्यार्थीहरु भने निजी विद्यालयतिर केन्द्रीत छन् । कार्यक्रममा प्रदेश सरकारका पर्यटन तथा सम्पदा मन्त्रालयको मन्त्री दिपेन्द्र श्रेष्ठले, विकास निर्माणमा राज्यको खर्च भइरहने तथा नतिजा नदेखिने प्रणालीमा सुधारको खाँचो देखाए । व्यवस्था परिवर्तन भयो । सोच परिवर्तन भएन । समस्या यही हो । मन्त्री श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा विजुलीका नाङ्गो तारलाई छोप्नु पर्ने, सडक, ढल र खानेपानी वितरण प्रणालीको नियमित मर्मत सम्भार गर्नुपर्ने, युवा केन्द्रीत लागू औषध दुव्र्यसन, रोजगार प्रवर्धन र उद्यमशीलता प्रवर्धनका कार्यक्रम बढाउनु पर्ने सुझाव प्राप्त भएको छ । त्यस्तै फोहोरमैला व्यवस्थापनका लागि क्षेत्र नम्बर १ मा ट्रान्सफर स्टेशन बनाउनु पर्ने, मगर गाउँमा सडक र पानी पु¥याउनु पर्ने, पूजा प्रतिष्ठानमा रहेको ढुङ्गेधाराको पानी पिउन योग्य बनाउनुपर्ने माग छ । महिला उद्यमशीलता प्रवर्धन र उत्पादित बस्तुको बजारीकरणमा नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने, रत्न राज्य विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुन नसकेकोले यसलाई शुरुवात गर्नुपर्ने, बर्खामा रुद्रमती विद्यालयमा पानी पस्ने समस्या समाधान गरिदिनुपर्ने सहभागीको माग छ । मेलम्चीको पानी कतै चुहिएर खेर गइरहेको छ । कतै पानी नै आउँदेन । यसको वितरण प्रणालीलाई मिलाउदिनु प¥यो । सहभागीहरुको माग थियो ।

कार्यक्रममा वडा १० का अध्यक्ष एवं महानगरको सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले, वडाका हरेका व्यक्तिको गुनासो सुन्न सक्ने प्रणाली विकासमा प्रयास भइरहेको बताए । कुन समस्याको समाधान को बाट हुन सक्ने हो, समन्वय गराउने काम गर्छौँ । वडाध्यक्ष के.. सी. ले भने, ‘स्वयम्सेविकाले महामारी जस्तो जटिल समयमा योगदान दिएका छन् । यस्तै विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको छ । यी योगदानलाई संस्थागत गरेर नतिजालाई दिगो बनाउँछौँ ।’ कार्यक्रममा प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछाने, शान्ता ढकाल, वडा २९ का अध्यक्ष कुश ढकालसहित स्थानीयहरु सहभागी रहेको थियो ।