मनोरञ्जन

भारतले श्रीलंकालाई ३१७ रनले हराउदै शृङ्खला जित्यो, चार ओडीआईमा विराटको तेस्रो शतक 

तिरुवनन्तपुरम । टीम इन्डियाले आइतबार एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जितको विश्व कीर्तिमान बनाएको छ । तीन खेलको शृङ्खलाको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३१७ रनले पराजित गरेको छ । भारतले यस मामिलामा न्युजिल्याण्डको १५ वर्ष पुरानो कीर्तिमान तोडेको छ । सन् २००८ मा किवी टोलीले आयरल्याण्डलाई २९० रनले हराएको थियो । यो खेलमा भारतले अर्को विश्व कीर्तिमान बनाएको छ । उनीहरू एकदिवसीय इतिहासमा एउटै देशविरुद्ध सबैभन्दा धेरै म्याच जित्ने टोली पनि बनेका छन् ।

एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ९६ पटक पराजित गरेको छ । दुई टोलीबीच कुल १६५ ओडीआई खेलिएको छ । योसँगै भारतीय टोलीले अस्ट्रेलियाको ९५ जितको विश्व कीर्तिमानलाई पछाडि छोडेको छ । विराट कोहली, शुभमन गिल र मोहम्मद सिराज जितका नायक बने । विराटले १६६८ रनको इनिङ खेल्दै ४६ औं ओडीआई शतक बनाए । शुभमन गिलले ११६ रन बनाए । भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३९० रनको विशाल स्कोर बनाएको थियो । कोहली प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज भए ।

जवाफमा श्रीलंकाको टोली २२ ओभरमा ९ विकेट गुमाएर ७३ रनमा सिमित भयो । एक ब्याट्सम्यान चोटका कारण ब्याटिङ गर्न सकेनन् । भारतका लागि मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिए । श्रीलंकाका ७ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।