समाचार

मन्त्रिपरिषद बिस्तारका लागि सहमतिको गृहकार्य लगभग पूर्ण, भोलि नयाँ मन्त्रीको सपथग्रहण हुन सक्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको बार्तामा मन्त्रिपरिषदलाई पूर्णता दिने बिषयमा सहमति जुटेको छ । ओली निवास बालकोटमा भएको दुई नेताबीचको छलफलमा सहमति जुटेलगत्तै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने भएको हो ।

सोही कामका लागि आज साँझ ५ बजे संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले मन्त्रालय भागबण्डालाई अन्तिम रुप दिने भएको छ । त्यसलगत्तै सत्तारुढ दलहरूले नयाँ मन्त्रीको टुंगो लगाउने सहमति छ ।