मुख्य समाचार

प्रधानमन्त्री दाहालको नेतृत्वमा दोस्रो पटक मन्त्री मण्डल विस्तार

काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा आज दोस्रो पटक मन्त्री मण्डल विस्तार भएको छ । सत्तागठबन्धन भएको भागबण्डा अनुसर हिजो नै मन्त्री मण्डल विस्तार गर्ने सहमति भई सकेको थियो से अनुसार आज नया मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।
माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गरे अनुसार रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री त्यसैगरी सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्रीका जिम्मा दिएको छ । माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका छन् ।

सत्तागठबन्धनमा भएको बागबन्डाअनुसार राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामलामन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मा पाएका छन् । रास्वपाका सभापति रवि लामिछाने यसअघि नै उपप्रधान एवं गृहमन्त्री बनिसकेका छन् ।