मनोरञ्जन

पहिलो एकदिवसीयमा जिल्यान्डलाई १२ रनले पराजित गर्दै भारतको सिरिजमा १–० ले अग्रता

हैदरावाद । शुभमन गिलको दोहोरो शतकको आधारमा टीम इण्डियाले तीन खेलको सिरिजको पहिलो खेलमा न्युजिल्याण्डलाई १२ रनले पराजित गरेको छ । न्युजिल्यान्डका लागि माइकल ब्रेसवेलले ७८ बलमा १४० रनको धमाकेदार इनिङ खेले पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । यो जितसँगै आयोजकले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । बुधबार हैदराबादमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३४९ रन बनाएको थियो । टोलीको तर्फबाट गिलले आफ्नो एकदिवसीय करियरकै उत्कृष्ट पारी खेले ।

उनले १४९ बलमा २०८ रन बनाएर आउट भए । गिलले हार्दिक पाण्ड्या (२८ रन), सूर्यकुमार यादव (३१ रन) र रोहित शर्मासँग अर्धशतकीय साझेदारी गरेका थिए । गिलले पाण्ड्यासँग पाँचौं विकेटका लागि ७४ रन, सूर्यसँग चौथो विकेटका लागि ६५ रन र रोहितसँग पहिलो विकेटका लागि ६० रन जोडेका थिए ।

जवाफमा न्युजिल्यान्डको टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३३७ रन मात्र जोड्न सक्यो । किवी टोलीका लागि माइकल ब्रेसवेलले आफ्नो एकदिवसीय करियरको दोस्रो शतक प्रहार गरेका छन् । जबकि मिचेल सान्टनर (५७ रन)ले तेस्रो अर्धशतक बनाए । यी दुईबीच १६२ रनको साझेदारी थियो । केही समयका लागि न्युजिल्यान्डले सजिलै जित्ने देखिन्थ्यो । तर, मोहम्मद सिराजले एक ओभरमा दुई विकेट लिएर भारतलाई जीततिर डो¥याएका थिए ।