स्पोर्ट-मनोरञ्जन

न्युजिल्यान्डले भारतलाई २१ रनले हरायोः टी–२० सिरिजमा किवीहरू १–० ले अगाडि 

राँची । टी–२० सिरिजको पहिलो खेलमा न्युजिल्याण्डसँग २१ रनले हार बेहोरेको छ । योसँगै भारतीय टोली ३ खेलको द्विपक्षीय शृङ्खलामा ०–१ ले पछि परेको छ । यो हारसँगै राँचीको मैदानमा भारतको अजेय कीर्तिमान तोडिएको छ । यसअघि टोलीले यहाँ कुनै पनि टी–२० खेल हारेको छैन । धोनीको गृहनगर राँचीमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले १७६ रन बनाएको थियो । त्यसपछि भारतीय ब्याट्सम्यानले २० ओभरमा ९ विकेट गुमाएर १५५ रनमै सिमित भयो ।

किवी टोलीको जितका नायक डेरिल मिचेल र मिचेल सान्टनर थिए । मिचेलले ३० बलमा ५९ रनको इनिङ खेले । जबकि मिचेल सान्टनरले चार ओभरमा एक मेडन सहित ११ रन दिएर दुई विकेट लिए । कप्तान हार्दिक पाण्डेय (२१ रन) र सूर्यकुमार (४७ रन)ले अर्धशतक साझेदारी गर्दै छैठौं नम्बरमा वाशिङटन सुन्दर (५० रन) ले भारतको हारको अन्तर घटाए पनि जित हात पार्न सकेनन् ।