समाचार

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज मिति २०७९।१०।२५ मालुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै जनाएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधव प्रसाद आचार्यले ३ हजार ७२० मतभारप्राप्त गरेका थिए । यसैगरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार राजेन्द्र वीर रायले १४४ मत प्राप्त गरेका थिए ।

यस उपनिर्वाचनमा लुम्बिनी प्रदेश भित्र रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१८ जना र प्रदेश सभाका सदस्य ८७ जना गरी जम्मा ३०५ जना मतदाता रहेका थिए । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१७ जना मतदाता र प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाताले मतदान गरेका थिए । यस निर्वाचन प्रणालीमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार प्रतिमतदाता १८ र प्रदेश सभा सदस्यको मतभार प्रतिमतदाता ४८ मतभार रहने व्यवस्थाछ ।