मनोरञ्जन

टीम इन्डियाले १० वर्षपछि अस्ट्रेलियालाई इनिङ्सले हरायो, कंगारु ९१ रनमा अलआउट

नागपुर । भारतले अष्ट्रेलियालाई ४ टेस्ट सिरिजको पहिलो खेलमा एक इनिङ्स र १३२ रनले पराजित गरेको छ । सिरिजमा १–० को अग्रता लिएको छ । नागपुरस्थित विदर्भ क्रिकेट एसोसिएसन स्टेडियममा भएको तेस्रो दिनको दोस्रो सत्रमा अस्ट्रेलियाली टोली ९१ रनमा अलआउट भएको थियो । टोलीले दोस्रो इनिङ्समा आत्मसमर्पण ग¥यो र एक सत्र पनि खेल्न सकेन । रविचन्द्रन आश्विनले ५ विकेट लिए । यसबाहेक रविन्द्र जडेजा र मोहम्मद शामीले २–२ विकेट लिए । अक्षर पटेलले १ विकेट लिए ।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले अलिकति रन जुटाउन संघर्ष गरेका थिए । उनले अविजित २५ रन बनाए । सन् २०१३ पछि भारतले अस्ट्रेलियालाई एक इनिङ्सले हराएको हो । यसअघि भारतीय टोली ४ सय रनमा अलआउट भएर २२३ रनको अग्रता लिएको थियो । रोहित शर्माले शतक प्रहार गरेका थिए भने रविन्द्र जडेजा र अक्षर पटेलले अर्धशतक बनाएका थिए । अष्ट्रेलियाका टोड मर्फीले ७ विकेट लिए । पहिलो दिन अस्ट्रेलिया पहिलो इनिङ्समा १७७ रनमा अलआउट भएको थियो ।