मनोरञ्जन

डब्ल्यूपीएलका लिलामीमा बिकेको पहिलो क्रिकेटर बनिन् स्मृति मन्धना, ३ खेलाडीको ३ करोडभन्दा बढीको बोली

मुम्बई । महिला प्रिमियर लिग २०२३ लिलामीः महिला प्रिमियर लिग (डब्ल्यूपीएलका) को पहिलो सिजनको लागि लिलामी १३ फेब्रुअरी २०२३ मा मुम्बईको जियो कन्भेन्सन सेन्टरमा सम्पन्न भएको छ । लिलामी अघि बीसीसीआईका अध्यक्ष रोजर बिन्नी, सचिव जय शाह र कोषाध्यक्ष अरुणकुमार धुमालले डब्ल्यूपीएलको लोगो जारी गरेका थिए । भारतीय ओपनर स्मृति मन्धाना वुमन्स प्रिमियर लिग लिलामीको इतिहासमा बिक्री हुने पहिलो क्रिकेटर बनेकी छिन् । उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले ३.४० करोडमा किनेको थियो । स्मृति मन्धाना बाहेक पहिलो राउण्डमा अष्ट्रेलियाका अफ स्पिन अलराउन्डर एश्ले गार्डनर पनि प्रमुख खेलाडी थिए । एश्ले गार्डनरलाई गौतम अडानीको स्वामित्वमा रहेको गुजरात जायन्ट्सले ३.२० करोडमा किनेको छ । इंग्ल्याण्डकी अलराउन्डर नताली सिभर ब्रन्ट ३.२ करोडमा बिकेकी छन् । नताली सिभरलाई मुम्बई इन्डियन्सले किनेको छ ।

अलराउन्डर दीप्ती शर्मा स्मृति मन्धानापछि दोस्रो महँगो भारतीय खेलाडी बनेकी छिन् । दीप्ती शर्मालाई युपी वारियर्सले २.६ करोडमा किनेको छ । तर, भारतीय कप्तान हरमनप्रीत कौरलाई मुम्बई इन्डियन्सले १.८० करोड भारुमा किनेको छ, जुन स्मृती मन्धानाको भन्दा आधा मुल्यमा हो । लिलामीमा दिल्ली क्यापिटल्सले जेमिमाह रोड्रिग्जलाई पहिलो खेलाडीका रूपमा किनेको छ ।

दिल्ली क्यापिटल्सले जेमिमा रोड्रिग्वेजलाई २.२ करोड भारुको सफल बोली लगाएको थियो । भारतीय ओपनर तथा यू–१९ टी–२० विश्वकप विजेता कप्तान शफाली वर्मालाई दिल्ली क्यापिटल्सले २ करोडमा किनेको छ । विकेटकिपर ब्याट्सम्यान ऋचा घोषलाई आरसीबीले १.९ करोडमा किनेको छ । अलराउन्डरहरू मध्ये, पूजा वस्त्रकार पनि हरमनप्रीत कौर भन्दा महँगो बिकेकी छिन् । उनलाई मुम्बई इन्डियन्सले १.९ करोडमा किनेको छ । अस्ट्रेलियाका स्टार अलराउन्डर एलिस पेरीलाई आरसीबीले १.७० करोडमा किनेको छ । घरेलु क्रिकेटमा महाराष्ट्रबाट खेल्ने देविका वैद्यका लागि युपी वारियर्सले १.४ करोड भारुको सफल बोली लगाएको थियो ।