मनोरञ्जन

बोर्डर–गावस्कर ट्रफी टिम इन्डियाको नाममा: दोस्रो टेस्टमा अस्ट्रेलिया ६ विकेटले पराजित, जडेजाले लिए १० विकेट

दिल्ली । भारतीय टोलीले लगातार चौथो पटक बोर्डर–गावस्कर ट्रफी जितेको छ । दिल्ली टेस्टको तेस्रो दिन अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले शृङ्खलामा अजेय २–० अग्रता लिएको छ । योसँगै बोर्डर–गावस्कर ट्रफीमा भारतको पकड कायमै रहने भएको छ । भारतको लागि जितको नायक बने रविन्द्र जडेजा । उनले अस्ट्रेलियाको दोस्रो इनिङ्समा ४२ रन दिएर ७ विकेट लिए । जसका कारण कंगारु टोली मात्रै ११३ रनमै सीमित भयो । पहिलो इनिङ्समा पाहुना टोलीले एक रनको अग्रता लिएपछि भारतलाई जितका लागि ११५ रनको लक्ष्य दिइएको थियो । जुन भारतकोे टोलीले ४ विकेट गुमाएर हासिल गर्यो । चेतेश्वर पुजारा र कप्तान रोहित शर्मा ३१–३१ रन बनाए विराट कोहलीले २० रनको इनिङ खेलेका थिए ।

यो शृङ्खलामा अझै दुई टेस्ट म्याचहरू बाँकी छन् र अष्ट्रेलियाले ती दुवै जितेर २–२ बराबरी गर्न सक्छ । पछिल्लो पटक बोर्डर गावस्कर ट्रफी भारतले जितेको थियो । दुई टोलीबीचको टेष्ट शृंखला ट्रफीका लागि हुँदा, सिरिज बराबरीमा परेमा पनि ट्रफी पछिल्लो पटक कब्जा गर्ने टोलीमा जान्छ । एशेजमा पनि त्यस्तै हुन्छ । तर, टीम इन्डियाले जुन प्रकारको खेल देखाइरहेको छ, त्यसले यो सिरिजमा क्लिन स्वीप पनि गर्ने सम्भावना छ ।

कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाउने ब्याट्सम्यान बने । उनले ५४९ इनिङ्समा यो उपलब्धि हासिल गरेका छन् । कोहलीले सचिन तेन्दुलकरको ५७७ इनिङ्सको कीर्तिमान तोडेका छन् । उनी यसो गर्ने विश्वका छैटौं ब्याट्सम्यान बनेका छन्, जबकि कोहली भारतीयहरूमध्ये दोस्रो स्थानमा छन् ।

यसअघि अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर चोटका कारण बोर्डर–गावस्कर ट्रफीको दोस्रो टेस्टबाट बाहिरिएका थिए । खेलको पहिलो दिन शुक्रबार मोहम्मद सिराजको बाउन्सरबाट उनी घाइते भएका थिए । सिराजको एउटा बल वार्नरको हेल्मेटमा र अर्को कुहिनोमा लागेको थियो । यस्तो अवस्थामा वार्नर कन्ससन नियमका कारण खेलिरहेका छैनन् । वार्नर पहिलो इनिङ्समा १५ रन बनाएर मोहम्मद शामीको शिकार बनेका थिए । वार्नरको स्थानमा रान्साले बाँकी खेल खेल्नेछन् ।