मनोरञ्जन

भारतले ११ वर्षपछि वानखेडेमा ओडिआई जित्यो, अस्ट्रेलियालाई ५ विकेटले पराजित

मुम्बई । एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । टोलीले शुक्रबार मुम्बईको वानखेडे स्टेडियममा ११ वर्षपछि एकदिवसीय खेल जितेको हो । यो जितसँगै भारतीय टोलीले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिजको दोस्रो एकदिवसीय खेल १९ मार्चमा भिजागमा हुनेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको कंगारु टोली ३५.४ ओभरमा १८८ रनमा अलआउट भयो । जवाफमा टिम इन्डियाले ३९.५ ओभरमा ५ विकेट गुमाएर जित हात पारेको थियो । यो जितमा केएल राहुलको १३औँ अर्धशतक र जडेजासँग १०८ रनको अविजित शतकीय साझेदारीले महत्वपूर्ण योगदान पु¥याए । अलराउन्ड प्रर्दशन गरेका रविन्द्र जडेजा म्यान अफ दि म्याच भए । उनले अविजित ४५ रन बनाए ।