समाचार

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालयको भागबण्डा, सत्ताबाट बाहिर रवि लामिछाको रास्वपा

काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति जुटेको हो । सहमतिअनुसार नेपाली कांग्रेसबाट आठ जना मन्त्री हुनेभएका छन । उस्ले ८ वटा मन्त्रालय पाएको छ । कांग्रेसले ८ वटा मन्त्रालयकै दावी गरेको थियो । उस्ले अर्थसहित रोजेको मन्त्रालय पाउने भएको छ । यस्तै सरकारको नेतृत्व गरेको माओवादीको भागमा प्रधानमन्त्रीसहित ५ मन्त्री परेको छ भने नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्रालयमा चित्त बुझाउनु परेको छ ।

नेकपा एकीकृत समाजवादीले ३ वटा मन्त्रालय नपाए सरकारमै नजाने निर्णय गरे पनि अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग पहिला नै गरेको बाचाकवोल अनुसार २ वटा मन्त्रालयमै चित्त बुझाएका छन् । यस्तै जसपालाई २, जनमत पार्टीलाई एक मन्त्री र एक राज्यमन्त्री, लोसपालाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र बाबुराम भट्टराई नेतृत्वको नेसपाको भागमा १ मन्त्रालय परेको छ ।

गठबन्धनले मन्त्रालय बाँडफाँट टुंगोलगाउदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भने लगभग बाहिर निकालिएको छ । पुरानै मन्त्रालय चाहिने अडानसहित सरकारलाई समर्थन कायम राखेको रास्वपालाई सत्ता गठबन्धनले सरकारमा सहभागी नै नगराउने घोषणासहित बाहिर निकालिएको हो ।

रवि लामिछानेले पार्सपोर्ट दुरुपयोग मुद्धा जोगाउने र सरकारमा सहभागी गराउने सर्तमा राष्ट्रपति र उपराष्ट्रपतिमा गठबन्धनका उम्मेदवारलाई मतदान गरेको थियो । तर आजको बैठकमा रास्वपालाई आमन्त्रणसमेत नगरेर सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँड गरेको छ ।