मनोरञ्जन

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको फैसला पेशी स्थगित

कठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा  तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलले निवेदन दिएपछि  स्थगित गरिएको हो ।

बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको भन्दै  सन्दीप पक्षको वकिलले निवेदन दिएको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।