मनोरञ्जन

नेपाल ५–१ गोलअन्तरले भियतनामसँग पराजित

काठमाडैं । दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गरेको छ । भियतनामले ४ गोल पहिलो हाफमा नै प्रहार गरेको थियो ।
दोस्रो हाफमा भियतनामले एक गोल थप्दा नेपालले एक सान्त्वना गोल गर्यो । नेपालका लागि एक मात्र गोल सावित्रा भण्डारी साम्बाले गरिन् ।
फिफा बरियतामा ३३औँ स्थानमा रहेको भियतनामसँग १००औँ स्थानमा रहेको नेपालले घरेलु लिगमा दुई खेल खेल्नेछ । नेपालका लागि ८०औँ मिनेटमा सावित्राले गोल गरेकी थिइन् । सरु लिम्बूको पासमा सावित्राले किपरलाई विट गर्दै गोल गरेकी हुन् ।