मुख्य समाचार

१२ पटक सरकारमा सहभागी बनेका दाहलले अपेक्षाकृत रूपमा सत्ताको नेतृत्व लिन सकेन : हिसिला यमी 

काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने अक्षम रहेको बताएकी छिन् । काठमाडौंमा आयोजित नेपालमा शान्तिप्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन् । उनले शान्तिसम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बने पनि अपेक्षाकृत रूपमा सत्ताको नेतृत्व लिन भने नसकेको बताइन् ।

शान्ति सम्झौतापछि संक्रमणकालीन न्याय टुंग्याउने विषय किन प्राथमिकतामा परेन भन्दै यमीले संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन माओवादी र प्रधानमन्त्री दाहालको किन पटकपटक ध्यान नपुगेको हो ? भन्दै प्रश्नसमेत गरिन् । देशमा गणतन्त्र आएपछि बनेका १६ सरकारमध्ये १२ वटा सरकारको नेतृत्व उनले गरेको छ, आफ्नो नेतृत्वको सरकार मिलाउन त दाहाल माहिर छन् तर सत्ताको नेतृत्व गर्नमा उनको ध्यान पुगेकै छैन । यो १२ वर्षको अवधिमा माओवादी पार्टीका कैयौँ नेताहरू कोही केन्द्रका मन्त्री बने त कोही संघ प्रदेशका मन्त्री बने र कोही मेयर, उपमेयर समेत बने । सबै केही न केही पदमा छन् हजारौँ मान्छेहरू सभासद् भए, तर यो विषयमा किन ध्यान गएन । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कांग्रेस, एमालेलगायतको त ध्यान गएन तर माओवादी पार्टीका अध्यक्ष दाहालको ध्यान किन गएन ?’

उपाध्यक्ष यमीले कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भए तर सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहेका पुराना कर्मचारीलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो भन्दै प्रश्न गरिन् ।