जानकारी

वैज्ञानिकहरूले पत्ता लगाए अण्डा शाकाहारी हो कि मांसाहारी ?

सन्डे हो या मन्डे, हरेक दिन अण्डा खानुपर्छ भन्ने कुरा हामीले सानैदेखि सुन्दै आएका छौं । किनभने अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अण्डाको सम्बन्धमा लामो समयदेखि मानिसको मनमा यो प्रश्न छ कि यो शाकाहारी हो कि मांसाहारी ? नन–वेज खाने मानिसलाई अण्डा खानमा कुनै समस्या हुँदैन र तिनीहरूले त्यसलाई खान्छन्, तर शाकाहारी मानिस सधैं दुविधामा हुन्छन् ।

अण्डा शाकाहारी हो कि मांसाहारी यो ठुलो प्रश्नको उत्तर वैज्ञानिकहरुले खोजेका छन् । यो भन्दा पहिले वैज्ञानिकहरुले पहिला आएको कुखुरा कि अण्डा ? यही प्रश्नको उत्तर खोजेका थिए । वैज्ञानिकहरूले भनेका थिए कि संसारमा कुखुरा पहिलो र पछि अण्डा आएको थियो । त्यस्तै, अब यो प्रश्नको उत्तर पनि फेला परेको छ । कुखुराले अण्डा दिन्छ, त्यसैले यो मांसाहारी हो भनी कतिपयको विश्वास छ । तर अब वैज्ञानिकहरूले यसको जवाफ पनि फेला पारेका छन् । यो प्रमाणित गर्न, वैज्ञानिकहरूले एक सिद्धान्त दिएका छन् । तर धेरैले यो सिद्धान्तलाई गलत ठान्छन् ।

शाकाहारीहरू विश्वास गर्छन् कि कुखुराले अण्डा दिन्छ, त्यसैले यो मांसाहारी भयो । यसलाई गलत साबित गर्न, वैज्ञानिकहरूले तर्क गरेका छन् कि दूध पनि जनावरबाट आउँछ, त्यसोभए यो कसरी शाकाहारी भयो त?

कुखुराले दिएको अण्डाबाट कुखुरा निस्कन्छ, जसका कारण मांसाहारी बनेको धेरैको विश्वास छ । तर बजारमा पाइने सबै अण्डा अनफर्टिलाइज्ड नै हुन्छन् । वास्तवमा, यी अण्डाहरूबाट चल्लाहरू बाहिर आउँदैनन् ।

मानिसको यो भ्रम हटाउन वैज्ञानिकहरुले विज्ञानको माध्यमबाट यो प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन् । यो तर्कलाई जनताले स्वीकार गरे भने अण्डा शाकाहारी हुन्छ । अण्डा भित्र तीन तह हुन्छन् । पहिलो तह बोक्राको, दोस्रो तह सेतो र तेस्रो तह अण्डाको पहेँलो हो ।

अण्डा शाकाहारी हो कि मांसाहारी ?
अण्डामा एउटा अनुसन्धान गरिएको छ जसका अनुसार यसको सेतोपनमा प्रोटिन पाइन्छ जसमा जनावरको कुनै पनि अंग समावेश हुँदैन । त्यसैले प्राविधिक रूपमा अण्डाको सेतो परत भनेको शाकाहारी हो । जसरी अण्डाको सेतो भागमा प्रोटिन हुन्छ, त्यसैगरी पहेँलोमा पनि प्रोटिन पाइन्छ । यसबाहेक कोलेस्ट्रोल र फ्याट पनि पाइन्छ ।

कुखुरा र भाले सम्पर्कमा आएपछि अण्डा फल्छ । यसमा गेमेट सेलहरू पाइन्छ, जसले अण्डालाई मांसाहारी बनाउँछ । तर बजारमा पाइने अण्डामा यस्तो हुँदैन ।

कुखुराले छ महिनापछि अण्डा दिन थाल्छ र एक वा डेढ दिनमा अण्डा दिन्छ । भालेको सम्पर्कमा नआई कुखुराले दिएको अण्डालाई अनफर्टिलाइज्ड अण्डा भनिन्छ । यी अण्डाबाट कुखुरा निस्कन नसक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । त्यसैले बजारमा पाइने अण्डालाई शाकाहारी वर्गमा मात्रै राखिने भएको छ ।