समाचार

बरिष्ठ नेता मुकुन्द्र न्यौपानेले छाडे माधवको साथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमा औल्याइएका बिषय झुटको पुलिन्दा भएको भन्दै बरिष्ठ नेता मुकुन्द्र न्यौपानेले २०७० माघ २१ र २२ गते न्यौपानेले ३३ बुँदे फरक मत राखे थिए । तर अध्यक्ष नेपालले सो मतमाथि पार्टी कमिटीमा छलफलमै प्रतिबन्ध लगाए ।

चैतको अन्तिम साता नेकपा एकीकृत परित्याग गर्न आयोजित पत्रकार सम्मेलनमा न्यौपानेले माधव नेपालको आफ्नो बिरोध गरेको सुन्नै नसक्ने शैलीको भण्डाफोर गरे । माधव नेपालबाट नेपालको राष्ट्रियता र कम्युनिष्ट आन्दोलन बिरोधी हर्कत रोक्न आफूले राखेको फरक मतलाई पार्टीमा छलफल गर्नै प्रतिवन्ध लगाएपछि जनताबाट अस्वीकृत अधिनायकवादी पार्टीमा नरहने निश्कर्षसहित परित्याग गरेको घोषणा न्यौपानेले गरे ।

फरक मत राखेपछि माधवले मुकुन्द न्यौपाने आएमा बैठक नै नबस्ने नीति लिएको तथ्य पनि खुलिसकेको छ । बिधि र पद्धतीको दुहाई दिने माधवले नेकपा एसलाई आफ्नो पारिवारक कम्पनी जसरी चलाएपछि उपाध्यक्ष केदार न्यौपाने, चुढामणि जंगलीलगायतका नेताहरु पनि पार्टी परित्याग गरिसकेका छन् । मुकुन्दले फरक मतमा माधव नेपालको अहंकारलाई जनताले अस्वीकार गरेको किटानी गरिएको थियो । आफ्नै बिरुद्ध दस्तावेज आएपछि उनले कुनै कमिटीमा छलफल नै गर्न नदिने निर्णय सुनाएका थिए । माधवले उल्टै मुकुन्द्रमाथि स्पष्टिकरण सोधे । तर न्यौपानेले कडा जवाफ फर्काएका थिए ।

माधवलाई बैठकमै मुकुन्दले भनेका थिए, ‘अलिकति आलोचना पनि सुन्नै नसक्ने मान्छे कम्इुनिष्ट हुनै सक्दैन, तपाई कम्युनिष्ट हुँदै होइन ।’ त्यो बैठकको कुरा उधृत गर्दै मुकुन्दले लेखेका छन् ‘आफैले बोलेको झुट र गलत कुराप्रति आत्मआलोचना गरेर जनतासँग क्षमा माग्नुको साटो अझै आफ्ना छलफलमाथि ढाकछोप गर्न सत्य साँचो कुरा जनतासामू राख्ने सत्य निष्ठाहरुलाई तर्साउन स्पष्टिकरणका खेस्रा कोर्नुको कुनै औचित्य छैन ।’ अध्यक्ष माधव र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो बरियतामा रहेका नेतामाथि नै माधवले गरेको