मुख्य समाचार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य क्रमिक सुधारतिर

दिल्ली, भारत । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । राष्ट्रपति पौडेलको परिवारका सदस्यले पनि ‘उनको स्वास्थ्य हिजोको भन्दा आज राम्रो’ भएको बताएका छन् ।

साथै उनको उपचारमा संलग्न चिकित्सकले आज सो जानकारी दिएको नेपाली दूतावासले जनाएको छ ।