मुख्य समाचार

भारत भ्रमण जानु अघि गृहकार्य आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी महिना हुने बहुप्रतिक्षित भारत भ्रमणको पूर्वतयारी गरिरहेका छन् । भ्रमणमा जानुअघि आफ्नो ‘होमवर्क’ राम्ररी गर्नुपर्ने उनको भनाइ छ । दाहालको भारत भ्रमणको औपचारिक मिति घोषणा हुन बाँकी छ । दाहाल वैशाखको पहिलो वा दोस्रो साता नयाँ दिल्ली जाने सम्भावना रहेको प्रधानमन्त्रीका एक सहयोगीले जानकारी दिए ।

मंसिरमा कार्यभार सम्हालेपछि दाहालको यो पहिलो विदेश भ्रमण हुनेछ । भारतीय नेताहरुसँगको वार्तामा द्विपक्षीय सम्बन्धको प्रवर्द्धन र व्यापार, ऊर्जा, कृषि, संस्कृति र हवाई सेवाको वार्ता उनको प्राथमिकता हुनेछ ।