मुख्य समाचार

अपराधी हैन भनेर भाग्नु हुर्दैन त्यसरी भाग्नु नै झन शंक उपजाउछ  पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । काठमाडौंको नक्सालमा शनिबार भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका रहेको बताएका छन् । भट्टराईले स्थिर सरकार नहुनाले निष्पक्षरुपमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताए ।

म अपराधी हैन भने भाग्नु पर्दैन त्यसरी भाग्नु नै झन शंक उपजाउछ । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । जनताले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन् । जनताले यसैगरी नै खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न नसक्ने बताएका छन् । भूटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले विरोध गर्दै आइरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा एमाले नेता, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । जसमा पूर्वगृहमन्त्री खाँण थुनामा छन् भने पूर्वउपप्रधानमन्त्री रायमाझी फरार रहेका छन् ।