मुख्य समाचार

अपेक्षानुरुप नयाँ कार्यक्रम नभएको सरकारको नीति तथा कार्यक्रम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०.८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमम अपेक्षानुरुप नयाँ कार्यक्रम भने खास केही पनि छैन ।

जसमा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको दिवा खाजा बढाउनेसम्मका कार्यक्रम समेटिएको छ । त्यस्तै, निजगढ विमानस्थलको निर्माण अघि बढाइने, नयाँ हिमाल आरोहण खुल्ला गरिनेलगायत कार्यक्रमहरु रहेका छन् ।
राष्ट्रपति संसदमा प्रवेश गर्दा उनको स्वास्थ्यमा अझै पूर्ण सुधार नभएको देखिएको छ । उनि शारीरिक रुपमा कमजोर देखिनुका साथै उन्लाई सुरक्षाकर्मीले समाएर आफ्नो आसनमा राखेका थिए ।

उनले कुर्सीमा बसेर नीति तथा कार्यक्रम पढिरहँदा पनि विच–बिचमा खोकिरहे थिए । उनलाई नीति तथा कार्यक्रम पढ्न पनि धेरै गाह्रो भएको प्रष्टै देखिन सकिन्थ्यो । अनुहारमा पनि विरामी भएको झल्को देख्न सकिन्थ्यो । यसअघि राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन सुरु गर्ने र प्रधानमन्त्रीले बाँकी पढ्ने गरी तयारी गरिएको भएपनि राष्ट्रपति आफैंले सबै पढ्ने निर्णय लिएका थिए । राष्ट्रपति भएलगत्तै अस्वस्थ भएका पौडेल भारतमा उपचार गराएर नेपाल फर्किएका हुन ।