समाचार

प्रधानमन्त्री दाहाललाई भारत भ्रमणअघि दबाब

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुधबार भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहालको यो पहिलो विदेश भ्रमण हो । उनले मोदीलाई जुन १ मा नयाँ दिल्लीमा भेट्ने छन् । प्रधानमन्त्री दाहालको भारत भ्रमण चुनौती र दबावपूर्ण हुने भएको छ ।

किनभने उनको भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको अगाडि प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन स्वीकार गर्ने र दुई देशबीचको सीमा विवादको विषय अवश्य आउनेछ । दुई बीचको सम्बन्धको दिशामा सुझाव दिन २०१८ मा एक प्रख्यात नागरिक समिति ईजीपी गठन गरिएको थियो । भारतले ईजीपीको प्रतिवेदन स्वीकार गर्न नचाहेको आरोप लगाइएको छ । उक्त समितिमा दुवै देशका चार–चार जना सदस्य थिए । यो एक पाटो छ ।

अर्को सीमा विवाद र पञ्चेश्वर जलविद्युत आयोजना, लिम्पियाधुरा, लिपुलेक, १९५० को सन्धि पुनरावलोकन र कालापानी क्षेत्रको प्रयोग जस्ता अन्य समस्याहरू पनि हुन सक्छन् । अब प्रश्न उठ्छ कि प्रधानमन्त्री दाहालले यी बिषयमा खुलेर कुरा गरेर आपसी सम्बन्धमा विश्वासको वातावरण बनाउन सक्लान् ?

विश्लेषकहरूका अनुसार यी सबै विवादित मुद्दा हुन् । नेपाली कांग्रेस, नेकपा एमले र नेकपा माओवादी पार्टीले आजसम्म यी विषयमा भारतसँग बोल्ने हिम्मत गरेको छैन ? यो नेपाली जनतालाई थाहा छ । यो भ्रमणमा यि विषयहरुमा भारतसँग छलफल या प्रधानमन्त्रीले यि विषय भारत सामु राख्न सक्लान त ? भन्नेमा हामी नेपाली ढुक्क छौं । कागलाइ बेल पाक्यो न हर्ष न आश्मात …. तर, दाहाल भारत भ्रमणबाट फर्किएपछि उनका दर सहयोगि दलहरूले कट्टर राष्ट्रवादी मुद्दामा दाहाललाई निशाना बनाउन सक्ने सङ्केतहरू भने अवश्य देखिन्छन् ।–योगेन्द्र प्रताप शाही