मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण र रायमाझी सहित १६ जनालाई जिल्ला अदालतद्वारा पूर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको १६ जनालाई केन्द्रिय कारागारमा राखिने भएको छ । प्रहरी श्रोतका अनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको १६ जनालाई केन्द्रिय कारागार सुन्धारामा राखिने भएको हो ।

शुक्रबार जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । त्यस्तै अभियुक्तमध्येका टंक गुरुङलाई दश लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् ।