मुख्य समाचार

राष्ट्रपतिको मुटुको चाल मनिटरिङ्ग, स्वास्थ्य स्थिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उनको मुटुमा समस्या भएपछि त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमामा भर्ना भएका थिए ।

उनको मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएकाले भर्ना अस्पतालले जनाएको छ । सो सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै ५ बजे उपचारका लागि भर्ना गरिएका थिए । गत मंगलबार मात्र उनको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको एन्जिओग्राम गरिएको थियो। उनी बुधबार डिस्चार्ज भएका थिए ।