समाचार

मेरो चीनको भ्रमण पनि भारतजस्तै सफल हुनेमा म विश्वस्त छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । भर्खरै भारत भ्रमण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले अब सेप्टेम्बरमा चीनको औपचारिक भ्रमण गर्ने योजना बनाएका छन् । दाहालले मेरो विचारमा भारत भ्रमण निकै सफल भएको बताउँदै मेरो प्रस्तावित चीन भ्रमण पनि सफल हुनेमा म विश्वस्त छु भनेका छन् । परराष्ट्रमन्त्री एनपी साउदले शनिबार प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको र मिति भने तय हुन बाँकी रहेको बताए ।

दाहालको भ्रमणलाई नेपालले भारत र चीनसँगको सम्बन्ध सन्तुलनमा ल्याउने प्रयासका रूपमा हेरिएको छ । गत डिसेम्बरमा कार्यभार सम्हालेपछि दाहालको यो दोस्रो विदेश भ्रमण हुने छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका ६८ वर्षीय नेता तेश्रो कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा भारत गएका थिए ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीको भ्रमणको मिति र कार्यतालिका टुंगो लगाउने काममा लागेको छ । दाहालले नेकपा–माओवादीका वरिष्ठ नेतामार्फत चिनियाँ नेतृत्वलाई चीन भ्रमण गर्ने इच्छा व्यक्त गरेको स्रोतले जनाएको छ ।