समाचार

राष्ट्रपति पौडेल दुई साता पछि अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल लगभग दुई साता लामो अस्पताल बसाइपछि बुधबार निवास फर्किएका छन् । मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार भएपछि बुधबार दिउँसो उनी अस्पतालबाट शीतल निवास फर्किएको प्रेस सल्लाहकार कीरण पोखरेलले जानकारी दिए । अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाएको छ ।