चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थमा रुमलिएको कारण सरकार गठबन्धनकै कारण नटिक्ने उनको भनाइ छ । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले देश बनाउने संकल्प छोडेर स्वार्थमा लागेको आरोप लगाउँदै सत्ता गठबन्धन स्वार्थको गठजोड भएको बताए ।
‘यहाँ देश बनाउने संकल्पभन्दा स्वार्थको गठजोडहरूको स्वार्थ छ । स्वार्थको गठजोड फुट्ने गरी टकराउँदैन तबसम्म यो सरकार चल्छ उनले भने । ओलीले पशुपतिको जलहरीको विषयलाई अनावश्यक उचालिएको बताए । जलहरीमा नाम लेखिएको विषयमा आफू जानकार नभएको उनले प्रतिक्रिया दिए । भष्ट्राचारको फाइल नियमित प्रक्रिया भएको भन्दै सरकारले जसमात्रै लिएको उनले बताए ।
Add Comment