समाचार

संघीयताबारे राजनीतिक तहमा नै सोचाइमा एकरूपता आउन सकेको छैन : प्रधानमन्त्री दाहाल

कास्की (गण्डकी) । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठक समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानमा नै तीन तहको सरकारका अधिकारको बाँडफाँटको व्यवस्था गरिएको उल्लेख गर्दै भने, ‘जहाँ एकल अधिकार र अधिकारको साझा सूची समावेश छ । संघीयताबारे राजनीतिक तहमा नै सोचाइमा एकरूपता आउन सकेको छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्रीहरुको बैठकले निर्णय गरेको साझापत्रको विषयमा संघीय सरकारमा छलफल हुने बताएका छन् । ‘मुख्यमन्त्रीहरूको साझापत्रबारे संघमा गम्भीर रूपमा छलफल गराउँछु,’ प्रधानमन्त्री दाहालले भने, ‘तपाईँहरूको साझापत्रले मलाई बल पुगेको छ । मैले केन्द्रमा, राजनीतिक र प्रशासनिक तहमा यसबारे गम्भीर रूपमा छलफल गर्छु ।’

यस क्रममा उनले ऐन, कानुन बनाउने कुरामा तत्परता नभएर ढिलाइ गरिएको असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि संघीयता कार्यान्वयनका लागि प्रसस्त प्रयास गरिएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।