अन्तराष्ट्रिय

फ्रान्स आपतकालिन बाटोमा, म्याक्रोनले बोलाए उच्च स्तरीय आपतकालीन बैठक

पेरिस । फ्रान्सको ट्राफिक स्टपमा एक १७ वर्षीय बालकको प्रहरीले गोली हानी हत्या गरेपछि देशभर हिंसात्मक प्रदर्शन जारी भएको छ । हालसम्म ६ सयभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले उच्चस्तरीय आपतकालीन बैठक बोलाएका छन् । फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्नलेसरकारले आपतकालिन अवस्थाको घोषणा सहित व्यवस्था पुनर्स्थापित गर्न सबै विकल्पहरू विचार गरिरहेको भनेकी छिन् । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले बिहीबार रातीदेखि शुक्रबार बिहानसम्म भएको प्रदर्शनमा कम्तीमा ६०० जनालाई पक्राउ गरिएको बताए । यस हिंसामा २ सयभन्दा बढी फ्रान्सेली प्रहरी पनि घाइते भएका छन् ।

बीएफएमटीवी ले पेरिस पुलिसलाई उद्धृत गर्दै गिरप्तार मध्ये आधा भन्दा बढी गिरफ्तार पेरिस क्षेत्रमा भएको बताएको छ । बिहीबार लगातार तेस्रो दिन पनि विरोध प्रदर्शन जारी रहेको सीएनएनले जनाएको छ । हिंसा नियन्त्रण गर्न बोर्डो, लियोन, राउबेक्स, मार्सेली र लिले सहरहरूमा विशेष पुलिस बलहरू खटाइएको थियो । फ्रान्सेली गृह मन्त्रालयले पेरिस र आसपासका शहरहरूमा हिंसा नियन्त्रण गर्न थप प्रहरी बल तैनाथ गर्न पनि स्वीकृति दिएको छ । तर, सेना बोलाउनेबारे अहिलेसम्म विचार भएको छैन ।

नाहेल एमलाई मंगलबार पेरिसको उपनगर नान्तेरेमा एक प्रहरी अधिकारीले गोली हानेका थिए । ट्राफिक प्रहरीलाई नहेलले रोक्न अस्वीकार गरेपछि प्रहरीले गोली चलाउँदा उनी भाग्न थालेको प्रहरीले बताएके छ । नान्ताइरको फुटेजका अनुसार जलेको भग्नावशेषको बीचमा नानतेरको भित्तामा ‘रेभेन्ज फर नाहेल’ कोरिएको थियो । नान्तेरेमा एउटा बैंकमा पनि आगो लगाइएको थियो र केटाको सम्झनामा निकालिएको ¥याली हिंसात्मक भएपछि प्रहरीले सोधपुछका लागि धेरैलाई हिरासतमा लिएको थियो।

यसैबीच सीएनएनको एक रिपोर्टले बीएफएमटीवीलाई उद्धृत गर्दै मार्सेलीमा प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूमथि बम प्रहार गरेको बताएको छ । उत्तरी सहर लिलेका भिडियोहरूमा सडकमा आगो बलिरहेको र दंगा प्रहरी अधिकारीहरू भागिरहेको देखाइएको छ । क्षेत्रीय प्राधिकरणले लिलीमा अधिकारीहरूले प्रतिबन्धित विरोध प्रदर्शनमा भाग लिएपछि छ जनालाई सोधपुछको लागि लगिएको बताए । लिलीमा बसहरू र ट्रामवेहरू साँझ ८ बजे पछि बन्द गरियो, जबकि पेरिसका धेरै उपनगरहरूमा कर्फ्यू लगाइएको थियो ।

बिहीबार रातिदेखि पेरिसका धेरै ठाउँमा बस र ट्राम सेवा बन्द गरिएको थियो । यसैबीच, आन्तरिक मन्त्रालयले पेरिसमा ५,००० सहित देशभर ४०,००० प्रहरी अधिकारीहरू तैनाथ गर्ने योजना बनाएको छ । फ्रान्सेली अधिकारीहरूले मंगलबार राति पहिलो पटक दंगा सुरु हुँदा झडपमा ४० कारमा आगजनी भएको र २४ प्रहरी अधिकारी घाइते भएको दाबी गरेका छन् । यस वर्ष फ्रान्समा ट्राफिक स्टपका क्रममा प्रहरीको गोलीबाट मारिने नाहेल दोस्रो व्यक्ति हुन् । गत वर्ष यसरी कीर्तिमानी १३ जनाको मृत्यु भएको थियो ।