समाचार

राष्ट्रिय सभाको बसेको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमा छलफल

काठमाडौं । आज बसेको राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छलफल सकिएको हो ।
राष्ट्रिय सभाको अर्को बैठक २०८० असार १९ गते मंगलबार अपराह्न १ः०१ बजे बस्नेछ । उक्त बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।