स्पोर्ट-मनोरञ्जन

नेपालद्वारा सिंगापुर ९७ रनले पराजित, नेपाल पुग्यो फाइनलमा

काठमाडौं । नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि पक्का गरेको हो । नेपालले अब मंगलबार फाइनलमा मलेसियासित खेल्नेछ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले ३१ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सफल भएको थियो ।