काठमाडौं । बुधबार राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै एमाले संसदीय दलका अर्का नेता देवेन्द्र दाहालले पनि प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन्।
उनले आफूहरूको सो माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखेका थिए त्यसपछि एमालेका सांसदहरूले संसद् अवरोध गरेपछि राष्ट्रिय सभा बैठक अपराह्न ३ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको थियो ।
अकार्तिर नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंहबारे दिएको अभिब्यक्ति देशबिरोधी ठहर गर्दै राजीनामा मागेको छ । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै एमालेले राजीनामा मागेको हो । आज बसेको संसदीय दलको आकस्मिक बैठकले प्रधानमन्त्री दाहालको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएका निश्कर्षसहित राजीनामा माग्ने निर्णय गरेको हो ।
‘प्रधानमन्त्रीको अभिब्यक्ति क्षमायोग्य छैन भन्ने निश्कर्षका साथ राजीनामा माग्ने निर्णय बैठकले गरेको छ,’ एमाले सांसद ठाकुर गैरेले भने । एमालेले यस बिषयमा कुनै संझौता हुन नसक्ने ठहर पनि गरेको छ ।
Add Comment