समाचार

संसद्को अवरोध खुलाउन प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल

काठमाडौँ । संसद्को अवरोध खोल्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार पनि छलफल भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमामा तीन जनाबीच छलफल जारी छ । आइतबार पनि उनीहरुबीच यसबारेमा छलफल भएको थियो । आज ३ बजेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।