समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाललाई स्वागत गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिगण, उच्च सरकारी अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।